रूपन्देहीमा करेन्ट लागेर एक महिलाको मृत्यु
मेरोन्यूज
२०८० असोज १५ गते १३:३८

रूपन्देही । रूपन्देहीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । देवदह नगरपालिका-३ सेम्रहना बस्ने ३४ वर्षीया मनिषा चौधरीको करेन्ट लागेर आइतबार बेलुकी मृत्यु भएको हो ।
आफ्नै घरमा रहेको मासु पसलको डि-फ्रिजबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया