शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक : अर्थमन्त्री
मेरोन्यूज
२०८० असोज १५ गते ११:३४

काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित धितोपत्र बजारको पूर्वाधार, उपकरण, लगानीकर्ताको व्यवहार र बजार स्थायित्व कार्यक्रममा उनले साना बचतकर्ताको लगानी सुरक्षित गर्नुपर्ने बताए ।
‘शेयर बजारलाई स्वस्थकर बनाउन जरुरी छ । लगानीकर्ता साना बचतकर्ता छन् । उहाँहरुको लगानी सुरक्षित गर्न आवश्यक छ’ उनले भने ।
उनले यससम्बन्धी अपुरो कानुनलाई पूर्णता दिने काम भइरहेको बताए ।
सम्बन्धित
प्रतिक्रिया