नेपालले दियो माल्दिभ्सलाई २१३ रनको लक्ष्य
मेरोन्यूज
२०८० असोज १४ गते ८:३५

काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ।
२० ओभरको खेलमा ७ विकेट गुमाएर नेपालले २१२ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले अविजित ४७ र कुशल भुर्तेलले ३५ रन बनाए । यस्तै विनोद भण्डारीले १३ गुलशन झाले ३५ रन जोडे ।
सम्बन्धित
प्रतिक्रिया