पर्वतमा बाढीले बगाएको जिप मोदी किनारमा भेटियो, एकजना मृत फेला
मेरोन्यूज
२०८० असोज १४ गते ८:०५

पोखरा । पर्वतको कुश्मा नगरपालिका-७ र ८ को सिमाना तमादीखोलामा बाढीले बगाएको जीप ३०० मिटर तल मोदी किनारमा फेला परेको छ ।
आइतबार बिहान कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जिप फेला परेको हो।
जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव पनि भेटिएको छ । दुई जना भने अझै बेपत्ता छन् । बेपत्ता यात्रुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
शनिबार साँझ बागलुङदेखि पोखराका लागि छुटेको ग१ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता पारेको थियो ।
सम्बन्धित
प्रतिक्रिया