माल्दिभ्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल
मेरोन्यूज
२०८० असोज १४ गते ७:०३

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत टी–२० आई पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ।
चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपालले आफ्नो दोस्रो खेल माल्दिभ्सविरूद्ध खेल्न लागेको हो ।
पहिलो पहिलो खेलमा नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले हराएको थियो ।
आज नेपाल र माल्दिभ्सबीच हुने खेलको विजेता टोली क्वाटरफाइनल प्रवेश गर्नेछ।
सम्बन्धित
प्रतिक्रिया