विदेशी विनिमय दर : आज कुन मुद्राको कति ?
मेरोन्यूज
२०८० असोज १४ गते ६:३३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आइतबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ४७ पैसा र बिक्री दर १४१ रुपैयाँ ११ पैसा रहेको छ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५० पैसा र बिक्री दर १६३ रुपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया