शनिबार, मंसिर १६, २०८०

चिकित्सक र सरकारबीच भयो ६ बुँदे सहमति, आन्दोलन फिर्ता

मेरोन्यूज २०८० असोज १३ गते २१:०३

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको छ । सहमति भएसँगै चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् ।

सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा सम्पन्न वार्तामा ६ बुँदे सहमति भएको हो ।

पछिल्लो समय मणिपाल–पोखरा, माडी–चितवन, हेटौडा, कन्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो ।

सहमतिपत्रमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिब डा दिपेन्द्ररमण श्रेष्ठ र ‘स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’काको संयोजक डा शेसराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

यस्तो छ, सहमति :

प्रतिक्रिया