नेतालाई छोराछोरी सरकारी विद्यालयमा पढाउन रोकायको आग्रह
मेरोन्यूज
२०८० असोज १३ गते १७:४९

काठमाडौँ । अनेरास्ववियु महासचिव नरेश रोकायाले आफ्नो छोराछोरी सरकारी विद्यालयमा पठाउने घोषणा गरेका छन् ।
अनेरास्ववियुको लुम्बिनी प्रदेशको प्रथम अधिबेशनमा बोल्दै उनले आफ्नी छोरी लाई सरकारी विद्यालय पढाउने घोषणा गरेका हुन् ।
उनले एमाले नेता तथा कार्यकर्तालाई पनि आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउन आग्रह गरेका छन् ।
‘एमालेका नेता जसले आफ्ना छोराछोरीलाई सरकारी विद्यालय पढाइरहेका छन ति नेतालाई पार्टीले सम्मान गर्नुपर्दछ । सरकारी विद्यालयमा पढाउने नेता साच्चिकै क्रान्तिकारी र देशभक्त हुन’ उनले भने ।
उनले सरकारी विद्यालयको व्यवस्थापन बलियो भएमात्र सरकारी शिक्षाको गुणस्तर बलियो हुने बताए ।
सम्बन्धित
प्रतिक्रिया