शनिबार, मंसिर १६, २०८०

रोनाल्डोको गोलमा अल नासर विजयी

मेरोन्यूज २०८० असोज १३ गते ६:४४

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाइलाई हराएको छ ।

शुक्रबार राति सम्पन्न खेलमा अल नासरले अल टाइलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ८७औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए । यसअघि अल नासरका लागि खेलको ३२औं मिनेटमा रोनाल्डोको असिस्टमा टालिस्काले गोल गरेका थिए ।

त्यस्तै अल टाइका लागि भिर्गिल मिसिडजानले एक गोल गरेका थिए ।

यो यस सिजनमा अल नासरको लगातार छैटौं जित हो । यो जितपछि अल नासरको ८ खेलमा १८ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

त्यसैगरी अल टाइको ८ खेलमा ७ अंक छ र लिगमा १२औं स्थानमा रहेको छ ।

प्रतिक्रिया