एनआरएनए अध्यक्षमा आरके शर्माको २४ महिनामा २४ बाचापत्रसहित उम्मेदवारी घोषणा

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि वर्तमान उपाध्यक्ष राजेन्द्र कुमार (आर.के.) शर्माले कर्मभूमि कतारबाट बुधबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।
एक समारोहका बीच उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनए अभियन्ताहरुलाई साक्षी राख्दै उनले २४ महिनामा २४ काम गर्ने बाचासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
दोहास्थित रयाडिसन ब्लु होटलमा ‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मुल नारा समेटेर शर्माले २४ महिने ९२ वर्षे० कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गरेका हुन् । शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताए । यो योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने उनले दाबी गरे ।
बाचापत्र सार्वजनिक गर्दै शर्माले भने, ‘मैले आइसिसीको उपाध्यक्ष भइ कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु ।
शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गरे । हाल उनी संघको आइसिसी उपाध्यक्ष हुन् ।
यस्ता छन् आरके शर्माका २४ बाचा र नारा:
शर्माले बाचापत्रमा एनआरएनहरूबीच एकता गराउने आफ्नो पहिलो बाचा रहेको बताएका छन् । आकर्षक नारासहितको कार्यक्रम बाचापत्रमा समेटेका छन् ।
– वैदेशिक रोजगार, दक्ष जनशक्ति तथा सुरक्षित वातावरण ।
– हाम्रो नीति, सुधारौं श्रमिकको आर्थिक स्थिति । रेमिट्यानसको प्रयोग कहाँ, उत्पादनमूलक उद्यम हुन्छ जहाँ ।
– एनआरएनएको निरन्तर खटन, गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठन ।
– सांगठनिक पुनर्संरचना, पहिला कार्यदलबाट गहन योजना ।
– मानव संशाधन, सबलीकरणयुक्त कार्यसम्पादन ।
– संस्थागत सुशासन, शून्य सहनशील स्वअनुशासन ।
– एनआरएनए निर्वाचन, सबैले गर्न पाऊन् मतदान ।
– आर्थिक कुटनीति, लगानी प्रवर्धन मुख्य नीति ।
– गरौं उच्चतम् प्रयोग सूचना प्रविधी, हुन्छ विकास र समृद्धि ।
– नेपाली रोजौं, नेपाली खोजौं,
– निर्यात बढाउन जोडतोडले लागौं ।
– गैरआवासीय सरोकार, जहाँ भए पनि नागरिकता र मताधिकार ।
– नेपाल समृद्धिको दस्ता, गैरआवासीय दोस्रो पुस्ता ।
– अबको समृद्धि, जगेर्ना गरौं भाषा र संस्कृति । एनआरएनए शक्ति, अधिकारसम्पन्न एनसीसी ।
– विदेशमा सिकेको ज्ञान, देश निर्माणको अभियान ।
– देश विकासको बल, एक एनसीसी, हजार पर्यटक ।
– घटाऔं वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार, अग्रजलाई सम्मान ।
– युवा परिचालन र विज्ञबाट ज्ञान, नेपाली धन ।
– नेपाली श्रम, अबको उद्यम ।
– समावेशी अभियान, महिला सदस्यलाई प्रोत्साहन ।
– चुस्त व्यवस्थापन मुख्य सरोकार, बनाऔं प्रभावकारी सञ्चार र योजनाबद्ध कार्यान्वयन ।
प्रतिक्रिया