बुधबार, मंसिर २०, २०८०

बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

मेरोन्यूज २०८० असोज १० गते ७:४१

कैलाली । बैतडीमा गाडीको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका ८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ४० वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट गएराति मृत्यु भएको हो।

बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा गाडीले राति करिब १ बजेतिर ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

महरालाई ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया