डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे विनिमय दर
मेरोन्यूज
२०८० असोज १० गते ६:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मद्राकोे विनिमय दर सार्वजनिक गरेको छ ।
बैँकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.४८ रुपैयाँ रहेको छ ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.७० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.१६ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.४४ रुपैयाँ रहेको छ ।
यता साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४६ रुपैयाँ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया