ई:काे आन्दोलनबारे बालेन : संवादमा बोलाउँदा आउनु भएन, उहाँको नेतासँग वार्ता गर्नुपर्ने हाे ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यालय अगाडि प्रदर्शन गरिरहेका अभियन्ताहरूलाई आफूले संवादका लागि बोलाए पनि नआएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले आन्दोलनको विषय र समस्याको बारेमा जानकारी लिन बोलाउँदा संवादमा नआएको बताएका हुन् ।
ई लगायत अभियन्ताहरू गत मंगलबारदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएर आन्दोलनरत छन्।
‘बिगत केही दिनदेखि केही अभियन्ताहरु आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं, यहाहरुको कुरा र समस्या सुनौं भन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नुभएन,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा सबै कुरा (समस्याको) समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेका छौँ, सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेका छौँ। के वार्ता हामीले उहाँहरुको नेतासँग गर्नुपर्ने ?’









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया