बुधबार, मंसिर २०, २०८०

पुरस्कार रकम अझै आएन, तर आशावादी छौँः कप्तान पौडेल

मेरोन्यूज २०८० असोज ७ गते १३:२५

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताएका छन् ।

एसियाली खेलकुदमा भाग लनि चीन जानुअघि आइतबार काठमाडौंमा बिदाइपछि उनले भने, ‘सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौं, अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौं । हेरौं के हुन्छ ।’

केहि महिनाअघि सरकारले क्रिकेट टिमका सदस्यलाई घोषणा गरेको पुरस्कार रकम खेलाडीले अझै पाउन सकेका छैनन् ।

प्रतिक्रिया