बुधबार, मंसिर २०, २०८०

साफ यू-१९ च्याम्पियन्सिपमा नेपाल पाकिस्तानसँग पराजित

मेरोन्यूज २०८० असोज ४ गते १९:४२

काठमाडौँ । नेपाल साफ यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको हो।

दुई पटकको च्याम्पियन नेपाल पाकिस्तानसँग समूह चरणको पहिलो खेलमै पराजित भएको हो ।

अलि जफरले खेलको ७६ औं मिनेटमा गरेको गोल नै पाकिस्तानका लागि निर्णायक बन्यो।
पहिलो पटक यू–१९ खेलेको पाकिस्तानले नेपाललाई घरेलु मैदानमा नै पराजित गर्दै सुखद सुरुवात गरेको छ।

दुई पटकको च्याम्पियन नेपालले घरेलु मैदानमा हारबाट च्याम्पियनसिपको सुरुवात गरेको हो।

नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तान र मालदिभ्स छन्। समूह चरणको दोस्रो खेलमा नेपालले सोमबार मालदिभ्ससँग खेल्नेछ।

आजै भएको समूह ‘ए’ को पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ।

प्रतिक्रिया