ललित राजवंशीको शल्यक्रिया, एसियन गेम्स गुमाउने
मेरोन्यूज
२०८० असोज ४ गते १२:५६

काठमाडौं । एसियाली खेलकुदको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख बलर ललितनारायण राजवंशी घाइते भएका छन् ।
उनको दायाँ क्लाभिकल फ्राक्चर (कलर बोन) भएको हो । बुधबार अभ्यासका क्रममा फिल्डिङ गर्ने क्रममा घाइते भएका ललितको आज बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरिएको छ । उनले कम्तिमा चार हप्ता मैदान बाहिर रहनुपर्ने बताइएकाे छ ।
यससँगै ललितले एसियन गेम्स गुमाउने भएका छन् ।
एसियाली खेलकुदमा पुरुष क्रिकेट यही सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म सञ्चालन हुने तालिका छ । नेपालले सेप्टेम्बर २७ मा मंगोलिया र अक्टोबर १ मा माल्दिभ्ससँग खेल्दैछ ।
सम्बन्धित








एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया