शनिबार, मंसिर १६, २०८०

सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

मेरोन्यूज २०८० असोज ४ गते ११:२८

काठमाडौं । आज बिहीबार सुनको भाउ घटेको छ ।

बुधबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकाे हाे ।

त्यस्तै, आज तेजावी सुन पनि तोलामा ३ सयले घटेर प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया