आइतबार, मंसिर २८, २०८२

हिजो बढेको सुनको भाउ आज कति ?

मेरोन्यूज २०८० असोज ३ गते १२:३०

काठमाडौं । हिजो प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको भाउ आज केही रकमले घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो । हिजो प्रतितोला पाँच सय रुपैयाँ बढेर सुनको भाउ १ लाख १३ हजार पुगेको थियो, भने आज प्रतितोला २ सय रुपैयाँ घटेर सुनको भाउ १ लाख १२ हजार ८ सय निर्धारण गरिएको छ ।

चाँदीको भाउ पनि आज तोलको ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी एक हजार चार सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया