राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश नयाँ पुस्तामा पुर्याउन आवश्यकः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको बताएका छन् ।
मंगलवार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले राष्ट्र निर्माणको लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठावान नेता गणेशमानको सन्देश वर्तमान र भावि पुस्तासम्म पु¥याउन आवश्यक रहेको बताए । गणेशमान सिंह सबैको सर्वमान्य नेताको रुपमा मानेको नेता भएको उनले बताए ।
राष्ट्रपति पौडेलले सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नु भन्दा समेत अस्वीकार गरेको स्मरण गरे । प्रतिक सहितको गणेशमान पार्कले उनको आर्दशपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पु¥याउने विश्वास लिएको बताए ।
राष्ट्रपति पौडेलले गणेशमानको साथ र समिप्यता आफ्नो राजनीतिक जीवनमा पनि पाएको स्मरण गरे । उनले गणेशमानको समिप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताए । लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाएको बाटोमा हिँड्नसक्नु उनीप्रति सच्चा श्रद्धाञ्जली हुने पौडेलले बताए।
‘उहाँले जस्तो महापुरुषको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्थ जीवनशैलीका उपत्यका बासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्नसक्ने मैले देखेको छु । नेपालमा आउने पर्यटकहरुलाई नेपालको जानै पर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्नुहोला ।’ राष्ट्रपति पौडेलले भने ।
पौडेलले भक्तपुर बासीको लागि गणेशमान सिंहको प्रतिक र पार्क स्थापना गर्नु भाग्यको कुरा भएको बताए । उनले गणेशमान सिंह पार्कले भक्तपुरको भाग्य कोर्न मद्दत गर्ने बताए। पार्कले भक्तपुरको पर्यटन विकासलाई महत्वपूर्ण योगदान गर्ने उनले बताए ।
प्रतिक्रिया