सोमबार, जेठ १४, २०८१

नेपालको संविधान कार्यान्वयनमा दलहरु चुकेका छन्ः काँग्रेस नेता सिटौला

मेरोन्यूज २०८० असोज २ गते १६:१८

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधान कार्यान्वयनमा दलहरु चुकेको बताएका छन् ।

Advertisement

पूर्वउपप्रधानमन्त्री समेत रहेका सिटौलाले संविधानको मुलमर्म कार्यान्वयनमा ढिलाई भइरहेको बताएका छन् ।

मंगलवार एमालेले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले संविधान जारी भएयता दलहरुबीचको समझदारी टुटेकाले संविधान कार्यान्वयनमा ढिलाई हुन गएको तर्क समेत गरे। तत्कालीन माओवादीलाई शान्ति वार्तामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका सिटौलाले सुवाष नेम्वाङले नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पु¥याएको बताए । उनले संविधान जारी हुन नदिनका लागि अनेकौ दबाब आएपनि त्यसलाई शान्त ढंगले प्रतिरोध गर्दै नेम्वाङले संविधान जारी गर्न अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।

माओवादी शान्ति वार्तामा आएपछि पनि अन्तरिम संविधान निर्माणमा नेम्वाङको भुमिका नेतृत्वदायी रहेको उनको भनाई थियो ।

नेता सिटौलाले नेम्वाङको संयोजनकारी, समन्वयकारी भुमिका संविधान कार्यान्वयनमा पनि आवश्यक हुँदाहुँदै उनको निधन हुनु मुलुकका लागि अपूरणीय क्षति भएको समेत बताए ।

प्रतिक्रिया