सोमबार, असोज १५, २०८०

चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

मेरोन्यूज २०८० असोज २ गते १४:१७

कपिलवस्तु । आफ्नै बुवाको चिपर्ट प्रहार गरि हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ६० वर्षीय बुवा बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय छोरा बिकाश परियारललाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा बिकाशले चिर्पटले प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया