सुनकाे भाउ बढ्याे, ताेलाकाे कति पुग्याे ?
मेरोन्यूज
२०८० असोज २ गते ११:१८

काठमाडौं । साताको तेस्रो दिन मगंलबार सुनको भाउ बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको हो ।
महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रति तोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया