यी हुन् शिक्षा दिवसमा पुरस्कृत हुने शिक्षालयहरू

काठमाडौं । ‘समावेशी र सीपमूलक शिक्षा , स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने मुल नाराका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइदैँ छ । शिक्षा दिवसको अवसरमा राष्ट्रिय स्तरमा विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा संघसंस्थाहरूलाई सरकारले पुरस्कृत गर्दैछ।
पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा संघ संस्थाहरू यस प्रकार छन् ।
सामुदायिक विद्यालयतर्फ :
१. देशभरका सार्वजनिक (सामुदायिक) विद्यालयमध्येबाट २०७९ सालको माध्यमिक शिक्षा उतीर्ण परीक्षाका आधारमा प्राप्त गरेको राष्ट्रिय स्तरमा प्रथम भई राष्ट्रिय ३,००,००० नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालय श्री विभीनी-११ सिन्धुली ,
२. द्वितीय भई राष्ट्रिय सिल्ड, ध्वजा २,००,००० नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालय श्री माध्यमिक विद्यालय, बास, कमलामाई ४, सिन्धुली ।
३. राष्ट्रियस्तरमा तृतीय भई राष्ट्रिय सिल्ड, ध्वजा र १,००,०० (एक लाख ) नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालय नारायण माध्यमिक विद्यालय, रुमाल गाउँ, कुमाख २, सल्यान ।
निजी लगानीका विद्यालयतर्फ :
१. देशभरका निजी लगानीका (संस्थागत) विद्यालय मध्यबाट २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा प्रथम भई राष्ट्रिय सिल्ड, ध्वजा र ३,००,००० (तीन लाख ) नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालय भी प्रसादी एकेडेमी माध्यमिक विद्यालय, तफाल्हो, ५, ललितपुर ।
२. राष्ट्रिय स्तरमा द्वितीय भई राष्ट्रिय सिल्ड, ध्वजा र २,००,००० (दुई लाख ) नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालय सेन्ट जेभियर्स कलेज, माइतीघर, ४ काठमाडौं ।
३. राष्ट्रिय स्तरमा तृतीय भई राष्ट्रिय सिल्ड, ध्वजा र १,००,००० (एक लाख ) नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने विद्यालय बुढानीलकण्ठ स्कूल, नारायण स्थान, बूढानीलकण्ठ–५, काठमाडौं ।
प्राविधिक शिक्षालयतर्फ :
१. प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र अधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदवाट सञ्चालन परीक्षा समेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने अधिक शिक्षालयलाई परिषदले गरेको मूल्याङ्कनका आधारमा राष्ट्रिय स्तरमा ध्वजा १,००,०० दश हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने परिषद्को शिक्षालय कोरिया नेपाल बहुप्राविधिक शिक्षालय तामनगर, रूपन्देही ।
२. प्राविधिक शिक्षालयको गुणस्तर क्रियाकलाप राम्रो भएका र प्राविधिक परिषदबाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयका आधारमा राष्ट्रिय स्तरमा ध्वजार १,००,००० (एक लाख ) नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने परिषद्बाट सम्बन्धन प्राप्त गरी साझेदारीका रूपमा सञ्चालित शिक्षालय मनमोहन मेमोरियल पोलिटेक्निक, बडीगङ्गा, मोरङ।
३. प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षा समेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषदले गरेको मूल्याङ्कन तथा सिफारिसका आधारमा राष्ट्रिय स्तरमा ध्वजार १,००,००० (एक लाख ) नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्न परिषद्बाट अनुमति प्राप्त गरी निजी स्तरमा प्राविधिक शिक्षा सञ्चालन गर्ने संस्था लाईफ लाइन अस्पताल प्रा. लि. दमक, झापा ।
४.शिक्षण संस्थाको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षा समेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई परिषदले गरेको मूल्याङ्कन तथा सिफारिसका आधारमा राष्ट्रिय स्तरमा ध्वजा र १००,००० (एक लाख ) नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने सामुदायिक विद्यालय आदर्श माध्यमिक विद्यालय, विराटनगर, मोरङ ।
क्याम्पसतर्फ :
१. विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमध्ये राष्ट्रिय स्तरमा उत्कृष्ट भई २,५०,००० (दुई लाख पचास हजार ) नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने क्याम्पस पुल्चोक क्याम्पस, ललितपुर
२. विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा विश्वविद्यालयका सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूमध्ये राष्ट्रिय स्तरमा उत्कृष्ट भई २,५०,००० (दुई लाख पचास हजार ) नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने क्याम्पस लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल, रुपन्देही ।
३. राष्ट्रिय स्तरमा उत्कृष्ट भई २,५०,००० (दुई लाख पचास हजार ) नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने क्याम्पस काठमाडौं मोडेल कलेज, बागबजार काठमाडौं ।
समाज कल्याण शिक्षा पुरस्कारतर्फ :
१. सडक बालबालिका, एचआईभी एड्स सङ्क्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकालाई पालनपोषण सहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डका आधारमा छनोट भई ३,००,००० (तीन लाख ) नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने एसओएस बालग्राम, मध्यपुर ठिमी–२, भक्तपुर ।
२. सडक बालबालिका एचआईभी एड्स सङ्क्रमितका सन्तान, विपन्न अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषण सहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याउने संस्थाहरूमध्ये स्वीकृत मापदण्डका आधारमा छनोट भई ३,००,००० (तीन लाख ) नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने कोपिला भ्याली सेवा समाज वीरेन्द्रनगर–४, सुर्खेत ।
३. बालबालिका, एचआईभी एड्स सङ्क्रमितका सन्तान, विपन्न अशक्त तथा असहाय बालबालिकालाई पालनपोषण सहित दिने गरी उल्लेखनीय योगदान पुयाएका व्यक्तिहरूमध्येको आधारमा छनोट भई १,००,००० (एक लाख) सहित प्रमाणपत्र प्राप्त गर्ने भी माला खरेल सारी एकेडेमी काठमाडौं– काठमाडौ ।

प्रतिक्रिया