चलचित्र विकास बोर्डले १० चलचित्रकर्मीलाई पुरस्कृत गर्ने
मेरोन्यूज
२०८० असोज १ गते १९:४८

काठमाडौँ । चलचित्र विकास बोर्डले संविधान दिवस २०८० को अवसरमा १० चलचित्रकर्मी र एक संस्थालाई पुरस्कृत गर्ने भएको छ ।
मंगलबार दिउँसो ३ बजे बोर्डको सभाहलमा सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्रकर्मी र सस्थाहरुलाई सास्कृतिक रुपान्तरण पुरस्कारबाट सम्मान गर्ने बोर्डका प्रवक्ता केएल पीडितले विज्ञप्तिमार्फत जनाएका छन् ।
पीडितले जारी गरेको विज्ञप्तिअनुसार चलचित्रकर्मीहरू मदनकृष्ण श्रेष्ठ, विजयरत्न तुलाधर, मिथिला शर्मा, दयाराम दाहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दिपाश्री निरौला, मनोज पण्डित र मिनबहादुर भामलाई सम्मान गर्न लागिएको हो ।
त्यस्तै बोर्डले चलचित्रकर्मी कल्याण सञ्चालन समितिलाई पनि सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

सम्बन्धित
प्रतिक्रिया