सोमबार, असोज १५, २०८०

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

मेरोन्यूज २०८० असोज १ गते ११:०९

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । नाबालिका बलात्कारको आरोपमा उनीमाथी मुद्दा छ ।

जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको जनाइएको छ ।

अर्को सुनुवाईको मिति तोकिएको छैन ।

यस अगाडी पनि उनको मुद्दाको सुनुवाई रोकिएको थियो ।

प्रतिक्रिया