सोमबार, असोज १५, २०८०

आज सुदूरपश्चिमका जिल्लाहरुमा ‘बुढी पोल्ने’ पर्व मनाइदै

मेरोन्यूज २०८० असोज १ गते १०:३३

काठमाडौं । आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा बुढी पोल्ने पर्व मनाइदैछ । भाद्र १ गते ओल्के संक्रान्तीकादिन रुख तथा झ्याङलाई काटेर कुनै सार्वजनिक स्थानमा गाडिएको ‘बुढी’लाई आजको दिन पोल्ने चलन रहिआएको छ । जस्लाई राक्षसी पुतनाको संघ्या दिने गरिएको छ ।

आज साँझपखको समयमा सबैको घरघरबाट एकै साथ आगोको राँको लिएर ‘बुढी’ गाडेको ठाउँमा गएर बुढी पोल्ने गरिन्छ । साँझपख बुढी पोल्ने क्रममा काँक्रो चपाएर जलेको पुतनामा फाल्दै थूई बुढी थुई भन्ने गरिन्छ ।यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग जोडिएको छ ।

भगवान् श्रीकृष्णलाई पुतनाले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको लासलाई हटाउन नसकेपछि गोकुलवासीले टुक्राटुक्रा पारेको दिनको सम्झनामा बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको हो । बुढीलाई पोलेपछि दुःख कष्ट पनि नास हुने धार्मिक मान्यता रहेको छ ।

प्रतिक्रिया