सोमबार, असोज १५, २०८०

ग्याम नेपाल इन्टरनेशनलको तेस्रो सिजन सम्पन्न

मेरोन्यूज २०८० भदौ ३१ गते १६:५२

काठमाडौँ । प्रारम्भ प्रडक्सनद्वारा आयोजित ग्याम नेपाल इन्टरनेशनलको तेस्रो सिजन सम्पन्न भएको छ ।

शनिबार आयोजित एक समारोहका बिच विभिन्न डिजाइनरहरूको डिजाइनमा तयार पारिएको कपडाहरू ११ सिक्वेन्समा प्रस्तुत गरिएको थियो ।

प्रारम्भ प्रडक्सनका डाइरेक्टर पवन आचार्यले, नेपालमा ग्याम नेपाल शुरूवात गर्न निकै गार्‍हो भएको र तपाईंहरूको साथ सहयोगले आज यस स्थानमा पुगेको बताए ।

उनले, अर्को सो अष्ट्रेलिया र अमेरिकामा गर्ने समेत र यसलाई विश्वव्यापी रूपमा ग्याम नेपालको आयोजना गर्ने लक्ष्य रहेको बताए ।

उक्त ग्याम नेपाल इन्टरनेशनलमा अभिनेत्री स्वस्तिमा खड्का सहित मिस नेपालहरू, मोडल प्रिय रानी लामा लगायत २४ जना प्रतिस्पर्धीहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया