भारत-श्रीलंकाको फाइनल खेल वर्षाले रद्द भए उपाधि कसलाई ?

काठमाडौं। एसिया कप क्रिकेटको फाइनल खेल आज हुँदै छ । फाइनलमा भारत र श्रीलंका भिड्न लागेका हुन् ।
भारत र श्रीलंकाबीच एसिया कपमा फाइनलमा १३ वर्ष पछि भेट भएको हो । श्रीलंकाको कोलम्बोको केआर प्रमदासा खेल मैदानमा खेल हुँदैछ ।
एसिया कपका अधिकतम खेल वर्षाले बिगारेको छ । यस्तो अवस्थामा फाइनलमा पनि वर्षा हुने सम्भावना के-कस्तो छ ? भन्ने प्रश्न सबैमा हुन सक्छ ।
आजको फाइनल खेलमा पनि वर्षा हुने तीव्र सम्भावना रहेको बताइएको छ । AccuWeather को रिर्पोटका अनुसार आइतबार कोलम्बुमा बादल लागिरहने छ । साथै वर्षा हुन सक्ने छ ।
यदि आजको फाइनल खेल वर्षाका कारण रद्ध भएमा एक दिन (सेप्टेम्बर १८ मा) ‘रिजर्व डे’ राखिएको छ । ‘रिजर्भ डे’मा पनि पानी पर्ने सम्भावना ६९ प्रतिशत छ ।
यदि यस दिन पनि वर्षा भइ खेल हुन नसकेमा दुवै देशलाई संयुक्त विजयी घोषणा गरिने छ । सन् २००२ मा भारत र श्रीलंका बीच हुने भनिएको च्याम्पियन्स ट्रफीको फाइनल खेल पनि वर्षाका कारण रद्ध भएको थियो । त्यस्बेला दुवै देशलाइ संयुक्त विजेता घोषणा गरिएकाे थियाे ।
प्रतिक्रिया