सोमबार, असोज १५, २०८०

गैह्रीगाँउ सामूहिक हत्या : खुकुरी र चुलेसी प्रयोग गरि हत्या गरेको पुष्टि, हतियार बरामद

मेरोन्यूज २०८० भदौ ३० गते २०:५६

काठमाडौं । काठमाडौंको तीनकुने गैह्रीगाँउस्थित दिब्या स मिलनमा एकै परिवारका तीनसहित चार जनाको हत्यामा घरेलु हतियार खुकुरी र चुलेसी प्रयोग भएको तथ्य प्रहरीले फेला पारेको छ । हत्यामा प्रयोग भएको ती घरेलु हतियार प्रहरीले बरामद गरेको छ ।

दिनभर सम्म प्रहरीले घटनाका कुनै ‘क्लु’ फेला पार्न नसकेको प्रहरीले साँझपख भने घटनामा प्रयोग भएको घरेलु हतियार खुकुरी र चुलेसी बरामद गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले घटना भएको स्थानमा नै हत्यामा प्रयोग भएको खुकुरी र चुलेसी बरामद गरेको हो ।

प्रहरीले घटनामा मारिएका नविन राईका काकाका छोरा दिपेन्द्र राईलाई पक्राउ गरि अनुसन्धान जारी राखेको छ । उनले नै घटनाका बारेमा प्रहरीलाई खबर गरेका थिए । मध्यरात ट्याक्सीमा उनी मदिराले लठिठएर प्रहरी चौकी बानेश्वर पुगि दिब्या समिलमा हत्याकान्ड भएको बारे जानकारी गराएका थिए ।

मदिराले लठिठएका उनको दिउँसोबाट मात्र मदिराले छोडेपछि बयान प्रहरीले सुरु गरेको पनि प्रहरीले जनाएको छ ।

गएराति ११ स् ५५ बजे तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले चार जनाको शव भेटेको थियो ।

मिलमा सुरक्षागार्डका रुपमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङका नविन राईको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको पाइएको थियो ।

प्रहरीले घटनाको छानबिन अनुसन्धानका लागि टोली नै बनाएर काम गरिरहेको छ । एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा छानविन समिति गठन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। समितिमा प्रहरी नायब उपरीक्षकहरु हरि खतिवडा, सुवास खड्का र सुरक्षा केसी तथा प्रहरी निरीक्षक वीरेन्द्र केसी समेत रहेका छन्।

प्रतिक्रिया