सोमबार, असोज १५, २०८०

गैह्रीगाँउ हत्या प्रकरण

पक्राउ परेका व्यक्ति आफैं पुगेका थिए प्रहरी चौकी

दोलखाका एमाले नेता बालकृष्ण शिवाकोटीले चलाएका थिए सःमिल

मेरोन्यूज २०८० भदौ ३० गते ८:२१

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणमा प्रहरीले शंकास्पद भनी पक्राउ गरेका व्यक्ति आफैं प्रहरी चौकी पुगेको खुलेको छ । उनी ट्याक्सी चढेर तिनकुनेस्थित प्रहरी चौकी पुगेका थिए ।

मिलको हाताभित्रै शुक्रबार राति एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको खबर दिन उनी घटनास्थलबाट ट्याक्सी चढेर नजिकै रहेको तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए । उनी २८ वर्षीय दीपेन्द्र राई रहेको प्रहरीले जानकरी दिएको छ ।

प्रहरी स्रोतका अनुसार लुगा र जुत्तामा रगतैरगत भएको अवस्थामा उनी प्रहरी चौकी पुगेका थिए । उनी त्यही स स् मिलमा काम गरेर छोडेका एक कामदारको छोरा भएको खुलेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा राईका बुवा दिव्य सःमिलमै लामो समय काम गरेर छोडेका थिए । बुवाले काम गर्ने भएकोले पहिलेदेखि नै नीवन त्यहाँ आउनेजाने गर्थे । हत्या भएका नवीन राई उनका साथी समेत हुन् ।
समिल दोलखाका एमाले नेता बालकृष्ण शिवाकोटीको रहेको पनि खुलेको छ । उनी गत प्रतिनिधिसभा निर्वाचनमा दोलखामा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । यधपी उनी माओवादी नेता गंगा कार्कीसँग चुनावमा पराजित भएका थिए । बालकृष्ण शिवाकोटी भने गौशलामा बस्दै आएका छन् ।

प्रहरीले राईलाई पुर्‍याउने ट्याक्सी चालकसँग पनि सोधपुछ गरेको छ । प्रहरी स्रोतका अनुसार चालकले सोधपुछका क्रममा रगत लतपतिएका कपडासहित आएका राईले हड्बडाउँदै आफूलाई प्रहरी कार्यालय पुर्‍याइदिने भनेको र त्यही आधारमा आफुले चौकी ल्याईदिएको पारम्भिक बयान दिएको प्रहरीले बताएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि प्रहरी वृत्त, नयाँ बानेश्वर पुगेर घटनाबारे जानकारी दिने राई नै हत्यामा संलग्न रहेको बताएको छ । हत्याको कारण भने स्पष्ट भइसकेको छैन । राईका बुबा अहिले धनकुटामा छन् ।

मिलका सञ्चालक बालकृण सिवाकोटीले भने घटनाबारे प्रहरीले जानकारी दिएपछि मात्रै थाहा पाएको बताएका छन् । ‘म गौशाला बस्थेँ, बिहान प्रहरीले फोन गरेपछि आएँ’, उनले भने, ‘मिलमा विभिन्न स्थानमा छरिएको अवस्थामा शवहरु थिए ।’

उनका अनुसार हत्या भएका कुमार र अम्बिका मिलकै कर्मचारी हुन् । कुमारकी आमा शुभद्रा भुजेल भने केही दिनअघि मात्रै काठमाडौं आएकी थिइन् । ‘श्राद्धका कारण आउनु भएको रहेछ, त्यसपछि त्यहीँ बस्नु भएको थियो’, शिवाकोटीले भने ।
मृतक चारै जनाको शवलाई अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

प्रतिक्रिया