आइतबार, वैशाख २३, २०८१

सुशील र सुवासको निधन : पोष्टमार्टम नहुँदा खुलेन प्रष्ट कारण

शित्तल शर्मा । काठमाडौं २०८० भदौ २८ गते १४:५१

२०७२ असोज ३ मा संविधान जारी गर्ने बेला प्रधानमन्त्री थिए- नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला । संविधानसभाका अध्यक्ष थिए- सुवासचन्द्र नेम्वाङ र राष्ट्रपति थिए- डा रामबरण यादव ।

Advertisement

यीमध्ये दुई जना सुशिल र सुवासको निधन भयो । तर दुवैको मरणको प्रकृति उस्तै र रहस्यमय छ । सुशिल कोइरालाको संविधान जारी भएको ४ महिनापछि निधन भयो । नेम्वाङको ठिक ८ वर्षपछि ।

संयोग यस्तो परेको छ की, दुवैको निधन उही प्रकृतिको छ , तर मृत्यु रहस्यमय छ । निधनको खास कारण दुवैको अस्पष्ट छ । परिवारका सदस्यले निधनबारे पोष्टमार्टम गर्न नचाहेका कारण दुवैको मृत्युको कारण खुल्दै नखुलि अन्तिम संस्कार भएको छ ।

माहाराजगन्ज र बालुवाटारबाट हेर्ने हो भने त्रिवि शिक्षण अस्पताल बीचभागमा पर्छ । सुशिल कोइराला त्यसबेला बसेको महाराजगञ्जस्थित कोइराला निवास र नेम्वाङको बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल पुग्न पनि करिव उस्तै समय लाग्छ । तर दुवैलाई समयमा अस्पताल पु¥याउन नसक्दा र अस्पतालमा परिवारका सदस्यले निधन पछि पोष्टमार्टम गराउने तिर नलाग्दा मृत्यु रहस्यमै रहन पुगेको हो ।

कुनै पनि ब्यक्तिको आकस्मिक निधन हुन्छ भने के कति कारणले निधन भएको भन्ने बारेमा कारण जान्ने र खोजी गर्ने कुरा वैज्ञानिक हुन आउँछ । सुशील देखि नेम्वाङङम्मको निधन आकस्मिक भएको छ । तर, न सुशीलको मृत्युको कारण खोजी भयो, न सुवास नेम्वाङको नै ।


त्रिवि शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक डा सन्त कुमार दास आकस्मिक रुपमा हुने मृत्युको कारण खोजी गर्नुपर्ने बताँउछन् । यस्तोमा पोष्टमार्टम गरेमात्र कारण पत्ता लाग्नेमा त्यसो नहुँदा कारण थाहा ‘कज अफ डेथ’ (मत्युको कारण) थाहा नलागेको उनको भनाई छ ।

सुशील कोइराला र सुवास नेम्वाङ दुवै संविधान निर्माण गर्दाका बेलाका प्रधानमन्त्री र संविधानसभाका अध्यक्ष हुन् । जसकाकारण पनि आम जनताले उनीहरुको निधनको पुष्टि हुने कारण जान्न खोजिरहेका थिए । मरणको प्रकृति उस्तै भएकाले पनि आम जनतामा कारणबारे उत्सुकता थियो । तर अव त्यो अन्तिम सस्कारसँगै टुटेको छ ।

नेम्वाङ बालुवाटारस्थित निवासमै राती ढलेपछि उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । त्यसपछि उनको अस्पतालले उपचार प्रक्रिया नै नथालि निधन भएको पुष्टि गरिदिएको थियो ।

हेर्नुहोस नेम्वाङ निधन पुष्टि गदै अस्पतालले जारी गरेको रिपोट

नेम्वाङ राती घरमै वाथरुममा ढलेका थिए । उक्त घटना हुँदा न उनका सुरक्षाका लागि खटिएका पिएसओ (नेपाल प्रहरी) उनीसँग साथमा थिए, न उनका दुई छोराहरु नै । उनका दुई छोराहरु नै विदेश रहेको, घरमा श्रीमती र दुई छोरी मात्र रहेको बेला नेम्वाङ घरको बाथरुममा ढलेका थिए ।
त्यसपछि उनलाई घरमा भएको गाढीमा भन्दा एम्बुलेन्स बोलाएर त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पतालमा १ बजेर ५० मिनेटमा पुगेका नेम्वाङलाई ३ बजे अस्पतालले निधन भएको घोषणा गरिदिएको थियो ।

अस्पतालले पनि निधनको कने कुनै कारण बताएको छैन ।

उस्तै प्रकृतिको छ सुशील कोइरालाको पनि । बार र गते मात्रै होइन, रातीको समय पनि करिव उस्तै समयमा सुशील कोइराला पनि महाराजगन्जस्थित निवासको बाथरुममा चिप्लिएका थिए । उनको बाथरुममा लड्दा टाउकोमा चोट समेत लागेको त्यसबेला उनको अनुहार हेरेकाहरुले बताएका थिए ।


कोइराला निधन हुनुभन्दा केही दिन अगाडी देखि निमोनिया र ज्वरोका कारण अस्वस्थ रहेको उनका त्यसबेलाका चिकित्सकले बताएका थिए । त्यसबेला देखि अहिलेसम्म पनि सुशीलको निधनका बारेमा अनेक प्रश्न जन्मेकै छन् । कोइरालाको अचानकको मृत्युको खबरलाई कसैले सहजै स्वीकार गरेनन्, अझै गरेका छैनन् । सबैको मनमा उस्तै उस्तै प्रश्नहरु उठेका थिए–‘मृत्युकै मुखमा पुग्ने गरी गम्भीर हुँदा समेत सुशील कोइरालालाई किन अस्पताल लगिएन ? केही दिनदेखि निमोनियाबाट साच्चिकै ग्रसित थिए भने उनलाई राम्रो हेरचाह किन भएन ? नियोजित ढंगले परिवारबाटै भएको कुनै षड्यन्त्रको शिकार त भएका थिएनन् कोइराला ?’

यी र यस्ता प्रश्न सुशीलका सवालमा अझै पनि उठने गरेको छ ।

कोइरालाका निजी चिकित्सक डा। कविरनाथ योगीले त्रिवि शिक्षण अस्पतालको एक्सचेन्जको टेलिफोन नउठ्दा कोइरालालाई उपचारकोलागि अस्पताल लान नसकिएको त्यसबेला बताएका थिए ।

‘मैले टिचिङ्गको एक्सचेन्जमा एम्बुलेन्सको लागि १३ पटक फोन गरेँ तर फोन उठेन। पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई पनि टेलिफोन गरेँ। मैले इन्जेक्सन लगाउँदै एम्बुलेन्सको ल्याऔं भनी सल्लाह गर्दै फोन गरिरहेको थिएँ। कोइराला निवासमा सवारी साधन भए पनि अक्सिजन विनाको सवारी साधनमा लिएर जान झनै जोखिम हुने थियो।’ त्यसवेला एक कार्यक्रममा योगीले भनेका थिए ।

कोइरालाको जस्तो परस्पर विरोधी कथा सुवासका सन्दर्भमा नदेखिएपनि उनको निधन पनि आकस्मिक भएकोले पोष्टमार्टम गरेको भए मृत्युको कारण आम जनताले थाहा पाउने भन्ने प्रश्न भने नेम्वाङका सवालमा पनि उठेको भने छ ।

मरण उस्तै, संयोग उस्तै


सुशील कोइराला
मृत्यु : २०७२ माघ २५ गते सोमबार
समय : राती १२ : ५० बजे
स्थान : निवास
पुष्टि : शिक्षण अस्पताल
घटना प्रकृति : बाथरुममा लडेको (ज्वरो देखिएको)
मृत्युको प्रष्ट कारण : पोस्टमार्टम नगर्दा खुल्न नसकेको

सुवास नेम्वाङ


मृत्यु : २०८० भदौं २५ गते सोमबार
समय : राती १ : ५० बजे
स्थान : निवास
पुष्टि : शिक्षण अस्पताल (राती ३ बजे)
घटना प्रकृति : बाथरुममा लडेको (ज्वरो देखिएको)
मृत्युको प्रष्ट कारण : पोस्टमार्टम नगर्दा खुल्न नसकेको

प्रतिक्रिया