शुक्रबार, जेठ ४, २०८१

नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णय, अन्त्यष्टिका दिन सार्वजनिक बिदा

मेरोन्यूज २०८० भदौ २६ गते १०:५०

काठमाडौं । सरकारले संविधान सभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने भएको छ ।

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राष्ट्रय सम्मान दिने निर्णय गरेको सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए ।

नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बीदा दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

एमाले उपाध्यक्ष एवं इलाम–२ का संघीय सांसद नेम्वाङको सोमबार राती हृदयघातका कारण निधन भएको थियो ।

प्रतिक्रिया