शनिबार, जेठ ५, २०८१

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट

मेरोन्यूज २०८० भदौ २३ गते ८:२१

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ।

Advertisement

जी-२० शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आइपुगेका अमेरिकी राष्ट्रपति बाइडेनसँग शुक्रबार साँझ मोदीले प्रधानमन्त्री कार्यालयमा द्विपक्षीय भेटवार्ता गरेका हुन्।

उनीहरूबीच भारत र अमेरिकाबीचको द्विपक्षीय हितको विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको बीबीसीले जनाएको छ। दुई देशबीचको सम्बन्ध अझ मजबुद बनाउँदै लैजाने उनीहरूले प्रतिवद्धता जनाएका थिए।

नयाँ दिल्लीमा शनिबारदेखि दुई दिन जी-२० शिखर सम्मेलन आयोजना हुँदैछ। सम्मेलनमा विभिन्न देशका राष्ट्रप्रमुख एवं प्रतिनिधिहरू सहभागी हुँदैछन्।

प्रतिक्रिया