शुक्रबार, जेठ ४, २०८१

स्वीटजरल्याण्डको आवासीय राजदूतमा सुवेदी नियुक्त

मेरोन्यूज २०८० भदौ २२ गते १७:१०

काठमाडौं । स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् ।

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसका साथै सुवेदीलाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, जेनेभा, वल्ड ट्रेड अर्गनाइजेशन (डब्लूटीओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को नेपालको स्थायी प्रतिनिधि समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

प्रतिक्रिया