शनिबार, जेठ ५, २०८१

मालीमा लडाकु समूहकाे आक्रमणमा परी ११४ जनाको मृत्यु

मेरोन्यूज २०८० भदौ २२ गते ८:११

काठमाडौं। उत्तर पूर्वी मालीमा इस्लामिक लडाडुहरुले नदीमा रहेको डुंगामा आक्रमण गर्दा ४९ जना सर्वसाधारणको मृत्यु भएको छ ।

Advertisement

सो आक्रमणका क्रममा १५ जना सैनिकहरू सँगै ५० जना विद्रोहीहरु समेत मारिएको बताइएको छ ।

त्यहाँको सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । विश्वभर भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहको जोखिम रहेको आँकलन गरिरहेका बेला इस्लामवादीहरुको खतरा झन् बढ्दै गएको हो ।

मालीको उत्तरी सहर टिम्बक्टुमा गत महिनाको अन्त्यदेखि नाकाबन्दी जारी छ । पछिल्लो समय सो स्थानमा चल्ने यातायातका साधनमा धेरै आक्रमणहरू भएका छन् ।

नाइजर नदीमा गाओ शहरबाट मोप्तीतर्फ जाँदै गरेको डुङ्गामा लडाकुहरूले आक्रमण गरेको बताइएको छ । गाओ क्षेत्रको बोरेम सर्कलमा रहेको सेनाको शिविरमा पनि विद्रोहीहरुले आक्रमण गरेका छन् । मालीमा सन् २०२० देखि सैनिक शासन छ ।

प्रतिक्रिया