शनिबार, जेठ ५, २०८१

पूर्वी युक्रेनको बजारमा रुसी आक्रमण, १७ जनाको मृत्यु

मेरोन्यूज २०८० भदौ २१ गते ७:४४

काठमाडौं । बुधबार पूर्वी युक्रेनको एक बजारमा रुसी आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

Advertisement

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेनको राजधानी किभ भ्रमणमा गएकै दिन यस्तो घातक हमला भएको हो । ब्लिन्केनले किभलाइ करिब १ अर्ब डलरको सैनिक सहायता उपलब्ध गराउने समझदारीको घोषणा गर्ने अनुमान गरिएको छ ।

“रूसी आक्रमणबाट डोनेस्क क्षेत्रको कोस्ट्यान्टीनिभका शहरमा १७ जनाको मृत्यु भएको छ । आक्रमण व्यवसायिक स्थलमा पसलहरू खुलेको र सर्वसाधारण सामान खरिदका निम्ति बजारमा व्यस्त रहेको आक्रमणमा अन्य धेरै व्यक्ति घाइते भएका छन्,” जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रधानमन्त्री डेनिस श्मीगलले सेक्युरिटी क्यामेरा फुटेज पोस्ट गरेका छन् । छोटो भिडियोमा विस्फोटले कियोस्कको भीडलाई तितरभितर बनाएको र घटनापछि स्थानीय बासिन्दाहरू उद्धारका लागि दौडिरहेका देखिन्छ ।

मृत्यु हुनेमा एक बालक पनि छन् ।

युक्रेनको गृह मन्त्रालयका इगोर क्लाइमेन्कोले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आक्रमणमा परी २८ जना घाइते भएको जनाएको छ ।

कोस्ट्यानटाइनिभका पूर्वी औद्योगिक क्षेत्र डोनेस्कमा अनुमानित ७० हजार मानिसको बसोबास छ । कोस्ट्यानटाइनिभका रक्तपातपूर्ण युद्ध भएको बाख्मुत नजिकै छ ।

सन् २०१४ देखि क्रेमलिन समर्थित पृथकतावादी समूहले डोनेस्कलाई आंशिक रूपमा नियन्त्रण गर्दै आएको छ ।

प्रतिक्रिया