शुक्रबार, जेठ ४, २०८१

कानुन मन्त्रालयका प्रवक्ता गौतम सचिवमा बढुवा

मेरोन्यूज २०८० भदौ १९ गते १६:०७

काठमाडौं । सरकारले न्याय सेवाको कानुन समूहबाट हाल कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रवक्ता रहेको सहसचिव फणीन्द्र गौतमलाई सचिवमा बढुवा गरेको छ । बढुवा भएसँगै गौतमको सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन भएको छ ।

Advertisement

गत साउन ५ गते कानुन सचिव धनराज ज्ञवालीले निजामती सेवाबाट अवकाश पाएसँगै न्याय सेवाको कानुन समूहमा एक सचिव पद रिक्त थियो ।

न्याय सेवा आयोगले गरेको सिफरिसमा गौतम कानुन समूहबाट सचिव बढुवा भएका हुन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अध्यक्ष हुने आयोगमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहित सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगको अध्यक्ष र महान्यायाधिवक्ता सदस्य हुन्छन् ।

विगतदेखि नै आयोगले बढुवाका लागि कानुन समूहका वरिष्ठतम् सहसचिव ९एक जना०को नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने गरेको छ ।

प्रतिक्रिया