मंगलबार, जेठ १, २०८१

कांग्रेसमा संस्थापनइतर एकजुट बनाउने कसरत

शितल शर्मा २०८० भदौ १८ गते १७:३४

काठमाडौं । नेपाली कांग्रेसमा आगामी महाधिवेशन केन्द्रीत भित्री गठबन्धन बनाउने तयारी सुरु भएको छ । पार्टी सभापति शेरवहादुर देउवा आगामी महाविधेशनमा सभापतिको रेस बाहिर रहने भएपछि उनले अगाडी सार्नसक्ने ‘उत्तराधिकारी’ र त्यससँग जुध्नसक्ने इतरसमुहको तयारीका बारेमा अहिले देखि नै कांग्रेसमा भित्री लविङ र तयारी जारी छ ।

Advertisement

त्यही क्रममा कांग्रेसइतर समुहका नेताहरुको आन्तरिक बैठक नेता अर्जुननरसिंह केसी निवासमा बसेको छ । आइतबार केसी निवासमा सस्थापन इतर समुहका नेताहरुको बैठक बसेको हो । उक्त बैठकमा सस्थापन इतर समुहमा रहेपनि फरक धार र समुहमा रहेका नेताहरु एकजुट बनाउने तयारी अनुरुपको छलफल भएको छलफलमा सहभागी एक नेताले बताए ।

कांग्रेसमा सस्थापन बाहेक पनि शेखर गगन समुह, विश्वप्रकाश शर्मा समुह र कृष्णप्रसाद सिटौला समुह अलग अलग अस्तित्वमा छ । शेखर गगन समुहले सस्थापन बाहेकका महामन्त्री विश्वप्रकाश शर्मा र सिटौला पक्षका प्रदीप पौडेल लगायतका नेतालाई एकै ठााउ केन्द्रीत गराउन आन्तरिक भेटघाट र छलफल सुरु गरेको छ ।

त्यसैको पारम्भिक छलफलका रुपमा आइतबार सस्थापन इतर समुहका नेताहरु नेता अर्जुननरसिंह केसी निवासमा जुटेका हुन् ।
यो छलफलमा सस्थापन इतर समुहका गगन शेखर समुहका नेताका अतिरिक्त विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको पनि सहभागिता रहेको थियो । विश्वप्रकाश प्रकाशमान सिंह समुहबाट गत महाधिवेशनमा महामन्त्री उठेर निर्वाचित भएका थिए । सस्थापनमै मिसिएर महामन्त्री उठेका तर पराजित भएका प्रदीप पौडेल पनि यो समुहका छलफलमा सहभागी भएका थिए ।

प्रदीप विश्वप्रकाश र गगन अहिले एकैठााउमा कांग्रेस संसदीय दलको निर्वाचन यता एउटै मोर्चामा देखिँदै आईरहेका छन् । उनीहरु केसी निवासको छलफलमा सहभागी थिए । त्यस अतिरिक्त उक्त छलफलमा सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, नेताहरू बलबहादुर केसी र दिलेन्द्रप्रसाद बडू पनि सहभागी थिए। आइतबारको छलफलमा शेखर कोइराला भने अनुपस्थित थिए ।

तर यो छलफलमा उनको पनि सहमतिमा भएको थियो । उनीहरुले यसलाई पहिलो चरणको पारम्भिक छलफल भनेका छन् । अर्काे चरणको छलफलमा भने शेखर पनि सहभागी हुने नेताहरुको भनाई छ ।

कसका रणनीति के ?
कांग्रेसमा नियमित महाधिवेशन भएमा आगामी २०८२ मंसिरमा पार्टीको १५ औं महाधिवेशन हुनेछ । उक्त महाधिवेशनमा सभापति शेरवहादुर देउवाले विपि पुत्र शसांक कोइरालालाइ अगाडी बढाउन चाहेका छन् ।

हुन त देउवाले कांग्रेसमा आफुपछि बालकृष्ण खाणलाई अगाडी सार्नसक्ने अनुमान सस्थापनसमुहमा थियो । तर खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा डामिएपछि र जेलमा परेपछि देउवा खाणलाइ अहिले आफुपछिको उत्तराधिकारी बनाउने पक्षमा छैनन । खाणलाइृ अगाडी सार्दा त्यसले आफनो समुहमा पर्नसक्ने असरका बारेमा सभापति देउवा चनाखो छन् ।

उनकै समुहका उपसभापति रहेका अहिलेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि देउवाले सार्न सक्ने उत्तराधिकारी हुन् । तर खड्का आन्तरिक रुपमा देउवा समुहमै रहेपनि उनले संगठनको विडो थम्न सक्ने विश्वासमा देउवा छैनन । उनी निकटकै डा प्रकाशरण महत, ज्ञानेन्द्र बहादुर कार्की लगायतका नेता सभापतिका आकाक्षी हुने हैसियतमा अहिले छैनन ।


सोही कारण उनले आगामी महाधिवेशनमा कोइराला परिवारमै पार्टी नेतृत्व हस्तान्तरण गरेको सन्देश पनि दिने र पार्टीमा आफु पछि श्रीमती डा आरजु राणा बलियो बनाउन पनि सकिने गरि तयारीमा छन् । त्यसका लागि उनले महामन्त्री भईसकेका विपि पुत्र डा शसांक कोइरालालाई आफनो उत्तराधिकारीका रुपमा अगाडी सार्ने तयारीमा देउवा लागेको देखिन्छन् ।

यसको छनक पाएपछि सस्थापन इतर समुहका नेताहरु पनि आन्तरिक तयारीमा छन् । शसांकलाई देउवाले अगाडी सार्दा आफनो समुहभित्र पनि त्यसले असर पार्नसक्ने देखेपछि सस्थापन इतर समुह एकजुट बनाउने र प्रतिस्पर्धा गर्ने तयारीमा सस्थापनइतर समुह अहिले देखि नै रणनीतिमा जुटेको छ । त्यसका लागि गगन र शेखरले पहिले आफुभित्रको एकता बलियो बनाउने रणनीति थालेका छन् ।

कांग्रेस संसदीय दलको नेताका बेलादेखि गगन र शेखरका वीचमा भित्री किचलो थियो । तर अहिले नेताहरुले त्यो किचलो ब्यवस्थापन गरेर आगामी महाधिवेशनमा शेखरलाई नै अगाडी सारेर भएपनि ब्यानेज गर्ने रणनीति बनाएका छन् । तयसमा इतर समुहमा रहेका विश्वप्रकाश, प्रदीप पौडेल लगायतका नेताहरुलाई पनि समेटने उनीहरुको योजना छ । त्यही अनुरुपका छलफल अहिले कांग्रेसमा हुन थालेको हो ।

नेता शेखरले गगनसँग नजिक रहेका महमन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेललाई विश्वासमा लिनु आफ्नो समूहका नेताहरूलाई गरेको आग्रह अनुसार नै केसी निवासमा आइतबार छलफल भएको हाने ।

केसी निवासको छलफलमा मुख्यगरी तीन विषयमा केन्द्रित रहेर छलफल भएको सहभागी एक नेताले बताए ।

उनका अनुसार, पहिलो, संस्थापनइतर समूह एकजुट बनाएर लैजाने, दोस्रो, कांग्रेस सम्मिलित सरकारका कामकारबाहीबारे समीक्षा गर्ने र तेस्रो, भ्रष्टाचार प्रकरण गहिरोसँग छानबिन गरी टुंगोमा पुग्नुपर्ने लगायतबारे छलफल भएको थियो।

संस्थापनइतर समूहबाट लामो समयदेखि आन्तरिक छलफल हुन नसकेको र पार्टीमा सभापति शेरबहादुर देउवा पक्ष हाबी भएकोबारे पनि उनीहरुका बीचमा कुराकानी भएको थियो ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया