शनिबार, जेठ ५, २०८१

स्पेनमा एक महिनामा १ करोड १ लाख विदेशी पर्यटक भित्रिए

मेरोन्यूज २०८० भदौ १६ गते १५:०१

Advertisement

काठमाडौं । स्पेनमा पहिलो पटक जुलाई महिनामा मात्रै १ करोड एक लाख विदेशी पर्यटकहरु भित्रिएका छन् ।


कोरोना महामारीपछि राम्रोसँग फस्टाउन नसकेको पर्यटन व्यवसायले गति लिएको हो । आइएनइको टुरिस्ट मुभमेण्ट्स एट बोर्डको अध्ययनले जुलाईमा एक करोड १ लाख विदेशी पर्यटक स्पेन भ्रमणमा आएको देखाएको हो । जुन २०२२ को तुलनामा ११.४ प्रतिशतले बढी हो ।

२०१९ को तुलनामा २।६ प्रतिशतले बढी हो । २०२३ को पहिलो सात महिनामा ४७.६ मिलियन विदेशीहरुले स्पेन भ्रमण गरेका थिए । जसमा सात महिनामा ९.८ मिलियन बेलायतीहरुले स्पेन भ्रमण गरेका छन् त्यसपछि फ्रान्सका ६.४ मिलियन रहेका छन् ।

प्रतिक्रिया