शुक्रबार, जेठ ४, २०८१

संसदले सर्वसम्मतिले स्वीकृत गरेको नक्साको छिमेकीले सम्मान गर्नुपर्छ : सरकार

मेरोन्यूज २०८० भदौ १५ गते १९:५४

काठमाडौं । नेपाल सरकारले नेपालको संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सालाई छिमेकीहरुले सम्मान गर्नु पर्ने बताएको छ ।

Advertisement

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै चीनले नयाँ नक्सा जारी गर्दा नेपालकाृ संसदले पारित गरेको नक्साको आकार नदेखाएकोबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

२८ अगस्टमा चीनले जारी गरेको नयाँ नक्सा जारी गरेको थियो । संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट रहेको परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा लेखेको छ, ‘यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ ।’

मन्त्रालयले नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ ।

प्रतिक्रिया