शनिबार, जेठ ५, २०८१

मेस्सीलाई पछि पार्दै हालान्ड बने वर्ष खेलाडी

मेरोन्यूज २०८० भदौ १५ गते ९:०७

काठमाडौं । म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्ड युरोपियन वर्ष खेलाडी बनेका छन् ।

Advertisement

अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछि पार्दै नर्वेका हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ को उपाधि जितेका हुन् ।

२३ वर्षीय हालान्डले म्यान सिटीमा आबद्ध भएको पहिलो सिजनमै ५३ खेलमा ५२ गोल गरेका थिए । उनको यही सफलताबीच म्यान सिटी पहिलोपटक युरोपियन च्याम्पियन पनि बनेको थियो ।

प्रतिक्रिया