बिहीबार, वैशाख २०, २०८१

सिम्रिक एयरको पक्षमा अन्तरिम आदेश

मेरोन्यूज २०८० भदौ ११ गते २०:०८

काठमाडौं । उच्च अदालत पाटनले सिम्रिक एयरको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन ३२ गते काटेको पत्र कार्यान्वयन नगर्न न्यायाधीश रमेश ढकालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

प्राधिकरणले भने सोमबार नै सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापालाई १० हजार रुपैयाँ जरिवाना गरिसकेको छ ।

रामेश्वर थापालाई १० हजार रुपैयाँ जरिवाना गराउने प्राधिकरणको निर्णय
प्राधिकरणले भदौ १ गते आफू अध्यक्ष रहेको मिडियाको दुरुपयोग गरेर उडान सुरक्षाविपरीतको गतिविधि गरेको भन्दै थापालाई सातदिने स्पष्टीकरण सोधेको थियो ।

‘प्राधिकरण वा महानिर्देशकबाट जारी भएको वा हुने निर्देशन वा सर्कुलरको विषयमा सम्बन्धित सरोकारकर्ता र व्यक्तिले आफ्नो चासो, सरोकार र टिप्पणी व्यक्त गर्न सक्छ । त्यस्तो चासो, सरोकार वा टिप्पणीलाई प्रेसले अवश्यकताअनुसार स्थान दिन सक्छ र दिनु पनि पर्छ,’ आदेशमा उल्लेख छ ।

प्रतिक्रिया