शनिबार, जेठ ५, २०८१

ललितानिवास प्रकरण

पाँच पूर्वमन्त्री र ६ पूर्वसचिवसहित ३११ विरुद्ध किर्तेमा मुद्दा दायर (अभियोगपत्रसहित)

मेरोन्यूज २०८० भदौ ११ गते ३:३३

काठमाडौं । सरकारी कागजात किर्ते गरी बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी भन्दा बढी जग्गा हिनामिना गरेको अभियोगमा पाँच जना पूर्वमन्त्रीसहित ३ सय ११ जनालाई जिल्ल अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

Advertisement

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले संगठित अपराधको दफा हटाएर थोरै सजाय हुने मुलुकी ऐनविरुद्धको कसुर किर्तेमा मात्रै सजाय मागदाबी गदैं आइतबार मुद्दा दर्ता गराएको हो ।

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छेदार, पूर्वमन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी, प्रभुनारायण चौधरी र पूर्वराज्यमन्त्री सञ्जय साहसहितलाई मुद्दा दायर गरेको हो । सरकारी वकिलको कार्यालयले बाहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पनि मुद्दा चलाएको छ ।
त्यस्तै, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, युवराज भुसाल, नारायणगोपाल मलेगो र रवीन्द्रमान जोशीलाई पनि प्रतिवादी बनाइएको छ। गृह मन्त्रालयका सहसचिव सुशील बैद्यलाई पनि प्रतिवादी बनाइएको छ।

हेर्नुहोस अभियोगपत्रको पूर्णपाठ

प्रतिक्रिया