शनिबार, जेठ ५, २०८१

तमिलनाडुमा रेलमा आगलागी हुँदा आठ जनाको मृत्यु

मेरोन्यूज २०८० भदौ ९ गते ९:२३

एजेन्सी । तमिलनाडुको मदुरै रेलवे स्टेशन नजिक शनिबार बिहान एउटा भयानक दुर्घटना भएको छ ।

Advertisement

रेलवे स्टेसन नजिकै पार्किङ गरिएको रेलको डिब्बामा आगलागी भएको हाे । जानकारी अनुसार हालसम्म आठ शव बरामद गरिएको छ। मृतक सबै युपीका बासिन्दा हुन् । तर, रेलवेले भने यसको आधिकारिक पुष्टि गरेको छैन ।

बीबीसीका अनुसार ट्रेन मदुरै रेलवे स्टेशनबाट करिब एक किलोमिटर टाढा रोकिएको थियो। केही यात्रुहरूले सिलिन्डर प्रयोग गरेर चिया बनाउँदै गर्दा आगलागी भएको हाे ।

अधिकारीहरुका अनुसार आगलागीको खबर बिहान करिब ५ः१५ बजे प्राप्त भएको थियो ।

प्रतिक्रिया