शनिबार, जेठ ५, २०८१

जेलमा आत्मसमर्पण गरेका ट्रम्प धरौटीमा रिहा

मेरोन्यूज २०८० भदौ ८ गते ९:०१

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प धरौटीमा रिहा भएका छन्।

Advertisement

बीबीसीका अनुसार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका उनी त्यहाँ २० मिनेट बसेर बाहिरिएका हुन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्पले जमानतको लागि जेल अधिकारीहरूलाई दुई लाख डलर तिरेका छन् ।

बीबीसीका अनुसार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गर्दा ट्रम्पको फिंगरप्रिन्ट (औंठा छाप) र मगसट (अनुहारको फोटो) लिइएको थियो । अमेरिकाको इतिहासमा पूर्व राष्ट्रपतिको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो ।

प्रतिक्रिया