शनिबार, जेठ ५, २०८१

डोनाल्ड ट्रम्पले गरे आत्मसमर्पण

मेरोन्यूज २०८० भदौ ८ गते ८:१७

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनलाई उल्टाउने षड्यन्त्र गरेको आरोपमा आत्मसमर्पण गरेका छन् ।

Advertisement

बीबीसीका अनुसार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गर्दा ट्रम्पको फिंगरप्रिन्ट (औंठा छाप) र मगसट (अनुहारको फोटो) लिइएको छ ।

मुद्दाको सुनुवाइका लागि कुरिरहेका ट्रम्पलाई एटलान्टा जेलबाट जमानतका लागि दुई लाख अमेरिकी डलर धरौटी तय गरिएको छ ।

फौजदारी मुद्दामा पाँच महिनामा उनी चौथो पटक पक्राउ परेका हुन् । आत्मसमर्पणपछि ट्रम्पले सन् २०२१ यता पहिलोपटक ट्विटरमा पोस्ट गरेका छन् ।

उनले ट्विटरमार्फत आउँदो वर्षको निर्वाचनमा डेमोक्रेट पार्टीका जो बाइडेनलाई चुनौती दिन खोजिरहेका ट्रम्पले आफूविरुद्धका मुद्दा राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् ।

प्रतिक्रिया