शनिबार, जेठ ५, २०८१

यी हुन् बहुचर्चित ललिता निवास जग्गा प्रकरणका प्रतिवादी (सूचीसहित)

मेरोन्यूज २०८० भदौ ७ गते १५:१४

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बहुचर्चित ललिता निवास परिसरको सरकारी जग्ग हिनामिना प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ।

Advertisement

पूर्वप्रधानमन्त्री बाबुराम भटटराइृ र माधव नेपाललाई सरकारी साक्षी मात्र राख्ने तथा पूर्व चार जना मन्त्री तथा कर्मचारी देखि विचौलियासम्मलाई भने प्रतिवादी बनाउने गरि सीआइबीले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको हो ।

पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र संजय साहलाई प्रतिवादी बनाउन सीआइबीले भनेको छ ।

पूर्वमन्त्रीहरुलाई फरारको सूचीमा राखेर अनुसन्धान प्रतिवेदन सीआइबीले बुझाएको छ । जोशी र गच्छदारले भने सीआईबीमै उपस्थित भएर बयान समेत दिएका थिए।

कतिपयलाई भने जग्गा फिर्ताको प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको छ।

यी हुन् २८६ प्रतिवादीहरुको सूची

प्रतिक्रिया