शनिबार, जेठ ५, २०८१

रुसमा विमान दुर्घटना : वागनर समूहका प्रमुखसहित १० जनाको मृत्यु

मेरोन्यूज २०८० भदौ ७ गते ६:४९

रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिनसहित १० जना सवार विमान दुर्घटना भएको छ ।

Advertisement

बीबीसीका अनुसार रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरूको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ ।

प्रिगोजिनको विमान रुसको तेवेर शहरमा दुर्घटना भएको हो । विमान दुर्घटनाको कारण एकिन भइनसकेको बीबीसीले जनाएकाे छ ।

दुर्घटनापछि विमानमा आगो लागेको थियो ।

वागनर भाडाका सैनिकहरूको समूह हो । यो समूहका लडाकुहरू पैसाका लागि लड्छन् । रुसले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ ।

प्रतिक्रिया