शनिबार, जेठ ५, २०८१

अमेरिकाको डढेलोमा परि एक सय १५ जनाकाे मृत्यु

मेरोन्यूज २०८० भदौ ६ गते १३:५७
The Rim Fire in the Stanislaus National Forest near in California began on Aug. 17, 2013 and is under investigation. The fire has consumed approximately 235,841 acres and is 70% contained. U.S. Forest Service photo.

संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छभने एक हजार एक सय जना अझै बेपत्ता भएका छन् ।

Advertisement

भीषण डढेलो लागेको दुई हप्तापछि पनि अझै एक हजार एक सय सर्वसाधारण बेपत्ता भएका सङ्घीय जाँच ब्युरो ९एफबीआई०ले जनाएको छ । एफबिआईले मृतकका अवशेषहरू पहिचान गर्न परिवारका सदस्यहरूलाई सघाउन अनुरोध गरेको छ । एफबिआईले सूचना तथा जानकारी सङ्कलनका निम्ति २४ घण्टा सञ्चालन हुने टेलिफोन सेवा शुरु गरिएको जनाउँदै पीडित परिवार एवं अन्यलाई आफूसँग भएका विवरणबारे अवगत गराउन आग्रह गरेको छ ।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँपछि भएको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् ।

सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया