सोमबार, वैशाख ३१, २०८१

प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ

मेरोन्यूज २०८० भदौ ५ गते १६:४३

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

Advertisement

राष्ट्रपति पौडेलले श्रेष्ठलाई सोमबार प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए । उनलाई सोमबार नै संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।

प्रतिक्रिया